Teej banner

जसिता जस्ट अ फ्रेण्ड

- साप्ताहिक संवाददाता

भाद्र २०, २०७५

अभिनेता प्रदीप खड्का नयाँ एउटा चलचित्रमा ५० लाख पारिश्रमिक लिएको खबर बाहिरिएसँगै पुन: एकपटक चर्चामा आए । त्यसो त प्रदीप पछिल्ला तीन वर्षयता नेपाली मिडियामा लगातार छाइरहेका छन् । यही भदौ २२ मा प्रदर्शनमा आउन लागेको चलचित्र रोजका अभिनेता प्रदीपले नेपाली चलचित्रका सबैभन्दा महँगा अभिनेताको उपाधि पाइसकेका छन् । 

लोकप्रिय अभिनेता खड्का लिलिबिली फेम अभिनेत्री जसिता गुरुङसँग अफेयरमा रहेको गसिप मिडियामा निकै पढ्न पाइन्छ । यो विषयमा प्रदीपले साप्ताहिकसँग पहिलो पटक आफ्नो मुख खोलेका छन् । के हो त कुरोको चुरो ? प्रदीप भन्छन्, ‘लिलिबिली प्रदर्शनमा आएपछि जसितासँग एकपटक पनि भेट भएको छैन । अर्को कुरा, सँगै काम गरेकी अभिनेत्रीका हिसाबले कहिलेकाहीँ स्वभाविक रूपमै फेसबुक तथा भाइबरमा च्याट हुन्छ तर प्रेममा परेको भन्ने गलत हल्ला सुन्दा मलाई आफैं अचम्म लाग्छ !’ 

उनले यस्ता अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रहसमेत गरे । विश्व चलचित्र बजारमा कलाकारको प्रेम, विवाह तथा डिभोर्सका बारेमा निकै गसिप बन्छन्, तर प्रदीप भन्छन्— ‘आई एम सिंगल, मसँग डेटमा रमाएर हिँड्ने फुर्सद छैन ।’

 

प्रकाशित :भाद्र २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्