म्याङ्गो फ्रुटी

- साप्ताहिक संवाददाता

भाद्र १९, २०७५

दुईवटा पाकेको र एउटा काँचो आँप लिने । उक्त आँपको बोक्रा ताछेर टुक्रा पार्ने । एक लिटर जुस बनाउन एक लिटर पानी लिने र त्यसमा हाल्न १ सय ग्राम चिनी तयार राख्ने । ताछेर कोया निकालिएको आँपको टुक्रालाई प्रेसर कुकरमा हाली एक चिया गिलास पानी मिसाउने अनि ४–५ सिट्ठी लागुन्जेल पकाउने । 

१ सय ग्राम चिनी एक चिया गिलास पानीमा हालेर अर्को भाँडोमा पकाउने । चिनी पानीमा राम्रोसँग नघुलुन्जेल पकाउनुपर्छ । धेरै नपकाई त्यसलाई सेलाउन दिने । आँप पकाएको प्रेसर कुकरलाई पनि आफैं सेलाउन दिने । सेलाएपछि पकाइएको आँपलाई ब्लेन्डिङ जारमा हालेर ब्लेन्ड गर्ने । ब्लेन्ड गरिएको आँपमा सेलाएको चिनी पानी हाल्ने, केही आइस क्युब मिसाएर फेरि ब्लेन्ड गर्ने । 

यो आँपको प्युरी बाक्लो भए बाँकी रहेको चिनी पानीको घोल हाल्ने अनि बाँकी रहेको चिसो पानी मिसाई चलाउने । यसरी तयार पारिएको घोल १–२ घण्टा फ्रिजमा राख्ने अनि जुस ग्लासमा आइस क्युबका साथ सर्भ गर्ने । 

प्रकाशित :भाद्र १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्