इन्दिरा गान्धी बन्दै विद्या वालन

- एजेन्सी

भाद्र १९, २०७५

भारतकी भूतपूर्व प्रधानमन्त्री स्व.इन्दिरा गान्धीको जीवनमा आधारित वेब सिरीज निर्माण हुने भएको छ । पत्रकार तथा लेखक सागरिका घोषद्वारा लिखित पुस्तक ‘इन्दिरा : भारत्ज मोस्ट पावरफुल प्राइम मिनिस्टर’ मा आधारित रहेर उक्त सिरिज तयार गर्न लागिएको हो । 

उक्त बायोपिक वेब सिरिजलाई रोनी स्कुवाले निर्माण गर्न लागेका हुन, जसमा विद्या बालनले इन्दिरा गान्धीको भूमिका निर्वाह गर्ने बताइएको छ । अभिनयबाट चौतर्फी प्रशंसा कमाएकी विद्या वालनलाई इन्दिरा गान्धीको चरित्र निर्वाह गर्न सक्ने विश्वासका साथ यो प्रोजेक्टमा लिइएको बताइन्छ । 

भारतीय मिडियाका अनुसार अभिनेत्री विद्या वालन उक्त प्रोजेक्टलाई लिएर निकै उत्साहित छिन् । निर्माण टिमले यस विषयमा आधिकारिक रूपमा धेरै जानकारी नदिए पनि उक्त सिरिजका धेरै कुरा लिक भएका छन् । अहिले विद्या वालन यो प्रोजेक्टका लागि विशेष तयारी गरिरहेकी छिन् । 

प्रकाशित :भाद्र १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्