Teej banner

ओप्पो एफ–९

- साप्ताहिक संवाददाता

भाद्र १८, २०७५

ओप्पोले यही साता आफ्नो नयाँ मोडल ओप्पो एफ–९ सार्वजनिक गर्ने भएको छ । ओप्पो एफ–९ ब्रान्डको एफसिरिजअन्तर्गतको नयाँ स्मार्टफोन हो । यसमा भीओओसी फ्ल्यास चार्ज, ग्राडियन्ट कलर्स तथा पृथक् वाटरड्रप स्क्रिन रहेको छ । 

भीओओसी फ्ल्यास चार्जले कमभोल्टेज फास्ट चार्जिङ प्रविधिमार्फत अत्यधिक तीव्र गतिमा चार्जिङ सुविधा प्रदान गर्छ । ओप्पो एफ–९ मा एफसिरिजमै पहिलो पटक आकर्षक ग्राडियन्ट कलर प्रयोग गरिएको छ । 

यो फोन प्रकृतिबाट अभिप्रेरित ‘सनराइज रेड’, ‘ट्वाइलाइट ब्ल्यू’ तथा ‘स्टारी पर्पल’ गरी ३ भिन्न आकर्षक रंगमा उपलब्ध हुनेछ । ओप्पोले नयाँ फोन एफ–९ मा पृथक ग्राडियण्ट कलर अप्सनका साथै, ओप्पोकै पहिलो एफएचडी+वाटरड्रप स्क्रिन (९० दशमलव ८ प्रतिशतसम्मको स्क्रिन टू बडी रेसियो)को समेत प्रयोग गरेको छ ।

प्रकाशित :भाद्र १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्