कथा काठमाण्डौंको ट्रेलर

- साप्ताहिक संवाददाता

भाद्र १८, २०७५

 

चलचित्र ‘कथा काठमाण्डौं’को ट्रेलर सार्वजनिक भएको छ । ‘रातका कुरा’बोलको गीतबाट प्रचार यात्रा थालेको चलचित्र यूनिटले पछिल्लो पटक चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।  

म्यूजिक भिडियो निर्देशक तथा लेखक संगीता श्रेष्ठ यहि चलचित्र मार्फत निर्देशनमा डेब्यू गर्दैछिन् । श्रेष्ठको निर्देशन तथा लेखन रहेको चलचित्रमा प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । चलचित्रमा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् भने यसको भिएफएक्स र कलर भरत रेग्मीले गरिरहेका छन् । चलचित्र असोज १२ मा रिलिज हुनेछ ।

चलचित्रको ट्रेलर :

प्रकाशित :भाद्र १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्