युवतीलाई प्रदीपको गुलाब

- साप्ताहिक संवाददाता

भाद्र १८, २०७५

 

करिब तीन घण्टा अघिदेखी इटहरीको आई सिनेमा हलअगाडी एक युवती नायक प्रदीप खड्कालाई कुरेर बसेकी थिइन् । प्रदीपको इन्स्टाग्रामबाट इटहरीमा दिउँसो १ बजे कन्सर्टका लागी आउँदैछौं भन्ने जानकारी पाएर बिराटनगरबाट विहान ११ बजे नै आएकी अस्मिता नाम गरेकी एक युवतीले प्रदीपलाई हेर्नकै लागी तीनघण्टा कुरिन् । २ बजे कन्सर्ट सुरु भएपछि प्रदीपले पनि स्टेजबाटै धेरै युवतीलाई गुलाबको फूल बाँडे । जसमध्ये अस्मिताले पनि गुलाबको फूल पाइन् ।

चलचित्र ‘रोज’ टिम यतिखेर मोफसलको प्रमोशनल टुरमा छ । अभिने प्रदीप खड्का, अभिनेत्री मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिमले आइतबार इटहरी र धरानको कन्सर्ट सम्पन्न गरे । इटहरी पछि साँझ ५ बजे धरानको भानुचोकमा कन्सर्ट सम्पन्न भएको थियो । प्रदीपकै लागी भेट्न आएका युवा युवतीहरुलाई प्रदीपले स्टेजबाटै थुप्रै गुलाबका फूल, चलचित्रको नाम लेखिएको टिसर्ट बाँडेका थिए । 

प्रदीपले लगातार केहिदिनदेखी देशका बिभिन्न ठाउँमा गरिएको कन्सर्ट भन्दा इटहरी र धरानमा अझ धेरै दर्शकको साथ मिलेको बताए । ‘म यो भन्दा अघिका चलचित्रका लागी पनि यसैगरी कन्सर्टका लागि आएको थिए, त्यतिखेर पनि दर्शकले निकै ठुलो साथ दिनुभएको थियो, आजपनि त्यो भन्दा ठुलो साथ पाएँ’ प्रदीपले भने । यस्तै उनले थुप्रै फ्यानहरुसँग तस्बिर खिचाएका थिए ।

चलचित्रकी अभिनेत्री मिरुना र परमिताले पनि चलचित्रको बिषयमा जानकारी गराएका थिए । धरान पुग्दा मिरुनालाई उनका फ्यानले बिशेष स्वागत गरे । मिरुनाको गृहजिल्ला भएकाले पनि उनका फ्यानले ‘वि लभ मिरुना’लेखेको पोष्टर लिएर उनलाई भेट्न आएका थिए । 

प्रकाशित :भाद्र १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्