पाल्पामा जेरी र राजा राजेन्द्र

- माधव अर्याल

भाद्र १७, २०७५

युट्युबमा गाईजात्रे र अन्य गायनबाट चर्चा पाएकी बविता बानियाँ जेरीको हास्यव्यंग्य निकै रमाइलो रह्यो । राजा राजेन्द्र पोखरेलले समसामयिक विषयमा व्यग्यं प्रहार गर्दा पेट नमिच्ने कोही भएनन् । जेरी र राजा राजेन्द्रको व्यंग्यवाणले दर्शकमा हाँसोको फोहोरा छुट्यो । 

दर्शकलाई मनोरञ्जन प्रदान गर्न खप्पिस सावित भए, प्रजापति पराजुली । उनले कसैलाई ताली बजाउन र नचाउन बाँकी राखेनन् । पाल्पा व्यापार संघले संस्थागत सहयोगार्थ तानसेनमा हास्यव्यंग्य गाईजात्रा कार्यक्रम गरेको थियो । 

त्यसैमा उपस्थित थिए— यी कलाकार । उक्त अवसरमा राज मञ्जुश्री कला केन्द्रको प्रस्तुतिले समेत दर्शकलाई ध्यान खिच्यो । कलाकारहरूले वर्तमान राजनीतिक, सामाजिक, सांस्कृतिक आदि विषयमा व्यंग्य प्रहार गर्दै दर्शकहरूलाई हँसाए । 

 

प्रकाशित :भाद्र १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्