श्रीदेवको चाहना

- साप्ताहिक संवाददाता

भाद्र १७, २०७५

५ फिट ९ इन्च अग्ला अभिनेता श्रीदेव भट्टराई अहिले नेपाली चलचित्रका निर्देशकहरूको नजरमा पर्न थालेका छन् । २०६५ सालमा चलचित्र न्यू जेनरेसन मार्फत रजतपटमा झुल्किएका यी अभिनेताले एक दशकको अवधिमा एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । 

त्यसक्रममा उनले चाल, छल, बिरानो माया, सुकुल गुण्डा, कुइँनेटो जस्ता चलचित्रमा अनु शाह, नन्दिता केसी, खुश्बु खड्का, दीपाशा बिसी, सोनिया केसी, नम्रता सापकोटा आदि अभिनेत्रीसँग अनस्क्रिन रोमान्स गरिसकेका छन् । झन्डै ६० भन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका श्रीदेवले भिडियोमा पनि थुप्रै नायिकाहरूसँग जोडी बनाइसकेका छन् । 

अहिले आएर उनमा नयाँ पुस्ताका अभिनेत्रीहरूसँग जोडी बाँध्ने चाहना देखिन्छ । दिपिका प्रसाईंदेखि साम्राज्ञी राज्यलक्ष्मी शाहसम्मको क्रेज बढिरहेका बेला श्रीदेवलाई यी नायिकाहरूसँग अनस्क्रिन रोमान्स गर्न मन लागेको हो । १६ औं शताब्दीको पृष्ठभूमिमा तयार हुने ऐतिहासिक चलचित्र ‘स्टोन एरा’ बाट आशावादी भट्टराईको यो चाहना कहिले पूरा हुने हो, हेर्न बाँकी नै छ ।

प्रकाशित :भाद्र १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्