Teej banner

दर्जीको घर

- साप्ताहिक संवाददाता

भाद्र १६, २०७५

यूट्युब ट्रेन्डिङमा परिरहने बालगायक अशोक दर्जी दमकको नयाँ घरमा सरेपछि थप चर्चामा आएका छन् । टहरोमा बस्दै आएको दर्जीको परिवारलाई हास्य अभिनेता हरिवंश आचार्यले नयाँ घरको साँचो हस्तान्तरण गरेका हुन् । दर्जीको घर मात्र नयाँ छैन, घरभित्रका सम्पूर्ण फर्निचर नयाँ थिए ।

 बैठक कोठमा ४३ इन्चको टिभी सेट मात्र होइन होम थिएटर नै छ । सोफा, दराज, टि–टेबल, पलङ, डाइनिङ टेबल, फ्रिज, राइस कुकुरदेखि ग्यास चुलोसम्म नयाँ छन् । चार कोठाको उक्त घर निर्माण तथा फर्निचर खरिदमा २ लाख रुपैयाँ खर्च भएको संगीतकार टंक बुढाथोकीले बताएका छन् ।

 संगीतकार बुढाथोकी तथा डिजे रुपकको प्रयासमा उक्त घर निर्माण भएको हो । 

प्रकाशित :भाद्र १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्