सारेगमपमा मनीषा

- साप्ताहिक संवाददाता

भाद्र १६, २०७५

गायिका मनीषा पोखरेल सुगम संगीत तथा चलचित्रको पाश्र्व गायनका लागि परिचित नाम हो । दर्जनौं लोकप्रिय गीतकी यी गायिका यतिबेला आफ्नो भाग्य परीक्षण गर्ने क्रममा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । जीटिभीबाट प्रसारण हुने गायनमा आधारित रियालिटी ‘शो सा रे ग म प’ को पहिलो चरणको अडिसनमा उत्तीर्ण भएपछि उनी त्यसपछिको अडिसनका लागि दिल्ली पुगेकी हुन् । 

मनीषा काठमाडौंबाटै दिएको भिडियो अडिसनमा उत्तीर्ण भएपछि अघिल्लो चरणमा प्रवेश गरेकी हुन् । ‘दिल्ली आएपछि थप दुईवटा अडिसन पार गरिसकेकी छु, मनीषाले साप्ताहिकसँगको अनलाइन वार्तामा भनिन्– चौथो चरणको अडिसनमा उत्तीर्ण भएँ भने मुम्बईमा हुने प्रतियोगिता सहभागिता जनाउनेछु । 

आफू मुम्बई जाने कि नजाने भन्ने कुराको निर्णय केही दिनमै हुने मनीषाले उल्लेख गरेकी छिन् । दिल्ली अडिसनमा मनीषासँगै गायिका सञ्जिता सिंह, सुुष्मा विश्वकर्मा, गायक बेनुप क्षेत्रीसहित झन्डै एक दर्जन नेपाली गायक–गायिकाले सहभागिता जनाएका थिए । 

 

प्रकाशित :भाद्र १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्