अब लामखुट्टे भगाउने रिस्ट ब्यान्ड

- साप्ताहिक संवाददाता

भाद्र १६, २०७५

अब लामखुट्टे भगाउने रिस्ट ब्यान्ड तयार भएको छ । स्विट्जरल्यान्डको ज्युरिखस्थित नोपिक्सगो कम्पनीले विकास गरेको उक्त ब्यान्डले बिजुली चम्किँदा पैदा हुने तरंग जस्तै तरंग प्रवाह गर्छ । यसका कारण लामखुट्टेले कुनै तुफान आएजस्तो अनुभव गर्छन् र आफ्नो बचाउका लागि आश्रय स्थलको खोजीमा लाग्छन् ।

उक्त इलेक्ट्रो म्याग्नेटिक वेभ मानिसका लागि भने हानिकारक हुँदैन । यसले धेरै हल्का सिग्नल उत्पादन गर्छ । यो स्किन फ्रेन्ड्ली तथा जलप्रतिरोधी छ अर्थात् यो ब्यान्ड पानीमा भिज्दा पनि खराब हुँदैन । यसमा भएको ब्याट्रीलाई युएसबीको सहयोगले १ घण्टा चार्ज गर्दा एक सातासम्म प्रयोग गर्न सकिन्छ । 

ब्याट्री कम भयो भने यसमा भएको एलईडी डिस्प्लेमा रातो कलर देखिन्छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य ७० डलर छ भने आगामी अक्टोबरदेखि यो रिस्ट ब्यान्ड बजारमा उपलब्ध हुने बताइएको छ ।

प्रकाशित :भाद्र १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्