Teej banner

ट्रेलरमा फेरी लगाउने जोगी

- साप्ताहिक संवाददाता

भाद्र १६, २०७५

 

पछिल्लो समय फिल्म मेकिङमा रुचि राख्ने युवा पुस्ता हाम्रो समाजभित्रै रहेका कथा तथा सस्कृतीलाई सर्टफिल्म तथा डकुमेन्ट्रि बनाएर उजागर गर्न थालेका छन् । यहि क्रममा निर्देशक दयाराम घिमिरेले पूर्बी पहाडमा प्रचलित फेरी लगाउने संस्कृतीलाई बृत्तचित्र जोगी, रातका देवता मार्फत संसारलाई देखाउने अभियानमा छन् । हार्दिक मिडिया प्रा लिको ब्यानरमा आफ्नै निर्माण एव निर्देशनमा घिमिरेले जोगी समुदायमा प्रचलित फेरी लगाउने सस्कृतीलाई उजागर गर्दैछन् । उनले निर्माण निर्देशन गरेको उक्त बृत्तचित्रको अफिसियल ट्रेलर पनि सार्वजनिक गरेका छन् ।

विश्वमा छरिएर बसेका नेपाली तथा विदेशीलाई विभिन्न फिल्म फेष्टिभल मार्फत नेपालको यो फरकसस्कृती देखाउने उदेश्यका साथ यो बृत्तचित्र निर्माण गरिएको निर्देशक घिमिरे बताउछन् । बर्षमा ३ पटक मध्यरातमा घर वरिपरि घुमेर शंख बजाउदै फेरी लगाउने अनि बिहान बिधि पूर्वक सिदा लिने परम्परा अझै गाउघर तिर प्रचलित नै छ । 

बृत्तचित्रमा यो परम्परा कहिले देखि सुरु भयो, यो परम्पराको महत्व के कस्तो छ, आज पनि गाउँ घरमा फेरी लगाउने जोगीलाई सम्मानपूर्वक सिदा तथा दक्षिणा किन दिइन्छ भन्ने देखाउन खोजिएको घिमिरे बताउछन् । ओमनाथ जोजी फिचरिङ यो बृत्तचित्रलाई रोनिश राउतले छायांकन गरेका छन् भने यो बृत्तचित्रका सह–निर्माता हरि उप्रेती हुन् ।

डकुमेन्ट्री ट्रेलर :

प्रकाशित :भाद्र १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्