यस्ता छन् गाईजात्रा महोत्सवका प्रहसनहरू

- साप्ताहिक संवाददाता

भाद्र १६, २०७५

गाईजात्राको अवसर पारेर गत सोमबारदेखि जमलस्थित राष्ट्रिय नाचघरमा गाईजात्रा महोत्सव २०७५ आयोजना भैरहेको छ । सोमबारसम्म सञ्चालन हुने उक्त महोत्सव गुन्जिता टेलिसञ्चारले आयोजना गरेको हो । प्यारोडी, प्रहसन, व्यग्य कविता तथा नृत्यसहितको उक्त महोत्सवमा झण्डै २ दर्जन कलाकारहरू सहभागी छन् । महोत्सवमा प्रस्तुत गरिएका प्रहसनहरू यस्ता छन् ।

सार्वजनिक शौचालय

निर्देशन : विष्णु सापकोटा

कलाकार : शिवहरि बैरागी, विष्णु सापकोटा, शिव शर्मा, इन्द्र खम्बे 

विषयवस्तु : सहरमा सार्वजनिक शौचालयको अभाव एवं भएका शौचालयको दुरावस्थादेखि विकृतीसम्मको चर्चा ।

जाजा आबा

निर्देशन : प्रभाकरदेव शर्मा 

कलाकार : प्रभाकरदेव शर्मा, नवराज भण्डारी, सुशिला निरौला तथा पुष्प अवस्थी 

विषयवस्तु : जाजा आबा अर्थात जाँदा जाहाजमा, आउँदा बाकसमा । यो प्रहसनले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको बाध्यतात्मक परिस्थितिमाथि तिखो व्यंग्य कसेको छ ।

कर 

निर्देशक : रवि डंगोल बेइमान कलाकार : रवि डंगोल बेइमान, पूर्ण थापा सुब्बासा’ब, पल्पसा डंगोल चम्सुरी तथा सन्तोष खनाल फिल्मीकिरो  

विषयवस्तु : नयाँ आर्थिक वर्ष लागेसंगै स्थानिय सरकारले जनतामाथि थोपरेको अनावश्यक करको कर–करप्रति केन्द्रित । 

सपेरा

निर्देशन/कलाकार : सुरेन्द्र केसी तथा 

शिव शंकर रिजाल 

विषयवस्तु : दुई जना कलाकारले प्रस्तुत गर्ने यो प्रहसनले पनि समसामयिक विषयमा व्यंग्य गर्नेछ । जोगिन्दर पानवालाका रूपमा लोकप्रिय शिवशंकरले यसपटक आफू मुलाको सागको नामले चिनिने सुरेन्द्र केसीसँग मिलेर दर्शकहरूलाई हँसाइरहेका छन् ।

नेपालको पानी जहाज 

निर्देशन : दमन रुपाखेती  कलाकार : दमन रूपाखेती, नीरज नेपाल तथा पारबन राई ‘राई बुढो’ विषयवस्तु : प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको पानीजहाजको सपनासम्बन्धी व्यंग्य ।

प्रकाशित :भाद्र १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्