दसैंअघि निर्जला

- साप्ताहिक संवाददाता

भाद्र १५, २०७५

राजु गिरीद्वारा निर्देशित चलचित्र निर्जला दसैंअघि अर्थात् असोज १९ गतेदेखि प्रदर्शन हुने निश्चित भएको छ । हालै सार्वजनिक भाले मोटर गीतले दर्शकको मन जितिरहेको प्रकाशचन्द्र न्यौपानेको यो चलचित्रमा शुभेक्षा थापा, किशोर खतिवडा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट आदि कलाकारले अभिनय गरेका छन् । 

साली कसको भेनाको 

भदौ २९ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘साली कसको भेनाको’ ले प्रचार–प्रसार तीव्र बनाएको छ । 

भद्र भुजेलद्वारा निर्देशित यो चलचित्रमा विल्सन विक्रम राई, मरिष्का पोखरेल, बुद्धि तामाङ, रजनी गुरुङ, सुष्मा कार्की, रवि गिरी, जयनन्द लामा आदि कलाकारले अभिनय गरेका छन् । 

 

प्रकाशित :भाद्र १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्