अमर कौशिकको स्त्री पर्दामा

- साप्ताहिक संवाददाता

भाद्र १५, २०७५

दिनेश विजन तथा राज डिकेको लगानीमा मैडडाँक फिल्म्स तथा डि२आर फिल्म्सको ब्यानरमा निर्मित बलिउड चलचित्र स्त्री विश्वका सयौं हलमा एकसाथ प्रदर्शन हुँदैछ । यो चलचित्र बलिउडमा यो वर्षको प्रतीक्षित चलचित्र हो । स्त्री एउटा हरर कमेडी चलचित्र हो । 

अहिलेसम्म निर्माण टिमले चलचत्रिका बारेमा खासै जानकारी नदिए पनि निर्देशक अमर कौशिकले यसले दर्शकको मन छुनेमा ढुक्क रहेको बताएका छन् । यो चलचित्रको कथाअनुसार एउटा चंदेरी नामक ठाउँ छ, जहाँ सानो सहर छ । त्यही सहरमा एउटा अचम्मकी स्त्रीको चर्चा हुन्छ । 

ती अजीवकी स्त्रीको चर्चासँगै धेरै युवा उनको पछाडि लाग्छन् । त्यस क्रममा केही पुरुष गायब हुन्छन् । कसैलाई थाहा छैन कि के हुँदैछ र किन हुँदैछ ? कोही भन्छन्, यो सब त्यही स्त्रीले गरिरहेकी छ । त्यससँगै सहरमा डर–त्रास फैलन्छ । सहरमा डर फैलिएसँगै पुरुषलाई राति घरबाहिर निस्कन रोक लगाइन्छ ।

निर्देशक : अमर कौशिक

कलाकार : राजकुमार राव, श्रद्धा कपुर, पंकज त्रिपाठी, अपारशक्ति खुराना, अभिषेक बनर्जी, कृति सेनन आदि ।

संगीत : सचिन संघवी, जिगर सरैया

 

प्रकाशित :भाद्र १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्