चटपटे चना छोइला

- साप्ताहिक संवाददाता

भाद्र १४, २०७५

एक रात भिजाइएको चनालाई हल्का उसिन्ने र सेलाउन दिने । प्यान वा कराईमा थोरै तेल हालेर उसिनेको चना हाल्ने अनि २ मिनेट जति फ्राई गर्ने । तारेको चनालाई अर्को भाँडामा राख्ने । 

प्यान वा कराईमा तोरीको तेल तताउने र मेथी हालेर फुराउने । पिसेको लसुन तथा अदुवाको पेस्ट हाल्ने, काटेको गोलभेंडा, बेसार अनि थोरै नुन हाली चलाउने र छोपेर केही बेर (१ मिनेटजति) पकाउने । गोलभेंडा राम्रोसँग पाकेपछि उक्त पेस्टलाई तारेको चनामा मिसाउने । 

स–साना टुक्रा बनाएर काटेको सुख्खा प्याज, हरियो खुर्सानी, धनियाँ, खुर्सानीको धूलो, कागतीको रस तथा नुन हालेर मोल्ने । यो चटपटे चना यत्तिकै जिब्रो पड्काउँदै खान त सकिन्छ नै बियर वा अन्य पेय पदार्थसँग स्न्याक्सका रूपमा खाँदा एउटा छुट्टै स्वाद पाइन्छ ।

प्रकाशित :भाद्र १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्