चन्द्रमामा पाइयो आइसका टुक्रा

- साप्ताहिक संवाददाता

भाद्र १४, २०७५

 

वैज्ञानिकहरूले चन्द्रमामा आइसका टुक्रा फेला पारेका छन् । चन्द्रमाको ध्रुवीय क्षेत्रमा पर्ने अध्याँरो र चिसो ठाउँहरूमा जमेको पानी फेला परेको नासाले जनाएको छ । भारतले १० वर्षअघि प्रक्षेपण गरेको चन्द्रयान–१ नामक अन्तरिक्षयानबाट प्राप्त डाटाबाट चन्द्रमामा आइसका टुक्राहरू पाइएको हो ।

 टुक्राका रूपमा फैलिएका ती आइस प्राचीन हुन सक्ने नासाले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुबमा ती आइस लुनर क्रेटरमा थुप्रिएको पाइएको छ भने उत्तरी ध्रुवमा छरिएर रहेको छ । 

हुवाई एन्ड ब्रोन विश्वविद्यालयका वैज्ञानिक सौ लि तथा नासाको एम्स रिर्सज सेन्टरका वैज्ञानिक रिचार्ड इल्फिक नेतृत्वको समूहले चन्द्रमा आइसको टुक्रा रहेको कुरा पत्ता लगाएको हो । 

तस्बिर : नासा

प्रकाशित :भाद्र १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्