व्यस्त वर्षा
भाद्र १४, २०७५
नेपाली सिने जगत्का अभिनेता–अभिनेत्रीहरू कहिले किसानलाई असार र मंसिरले छोपेजस्तो गरी व्यस्त हुन्छन् भने कहिले बाली भित्र्याएपछिका किसानजस्ता फुर्सदिला देखिन्छन् । अहिले कुनै बेलाकी व्यस्त अभिनेत्री वर्षा राउत पनि बाली भित्र्याएका किसानजस्तै फुर्सदिली भएकी छिन् ।
फुर्सदमा किसानहरू आफ्नो रुचिका काम गरेर समय बिताउँछन् भने सहरिया अभिनेत्री राउत भने म्युजिकल्लीमा भिडियो निर्माण अपलोडमा दिन बिताउन थालेकी छिन् । केही समय अघिसम्म चलचित्र छक्कापञ्जा–३ को सुटिङमा व्यस्त राउत अहिले कुनै चलचित्रमा व्यस्त छैनन् ।
उनले केही समयअघि सिन्धु मल्लको तीज गीत तथा आधुनिक गीत मनको ढोकामा अभिनय गरेकी थिइन् । त्यसयता अभिनेत्री राउतलाई म्युजिकल्लीमै व्यस्त पाइन्छ ।
प्रकाशित :भाद्र १४, २०७५
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्