टीजरमा छिरिङ

- साप्ताहिक संवाददाता

भाद्र १३, २०७५

 

चलचित्र ‘छिरिङ’को टीजर सार्वजनिक भएको छ । निमा रुम्बा तथा यशकुमार स्टार चलचित्रको पहिलो गीत ‘तिमीले त मायामा...’ सार्वजनिक भएको केहि समयपछि टीजर सार्वजनिक गरिएको हो । 

टीजरमा हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशलाई चित्रण गरिएको छ । खासगरि, लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथालाई चलचित्रले उठान गर्न खोजेको छ ।

यहि चलचित्रबाट गायक यशकुमारले निर्देशनमा डेब्यु गरेका छन् । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीले चलचित्रमा लगानी गरेका छन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । 

‘छिरिङ’को टीजर :

 

प्रकाशित :भाद्र १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्