जापान, चीन र कोरियामध्ये को राम्रो ?

- साप्ताहिक संवाददाता

भाद्र १३, २०७५

एसियाली खेलकुदका तीन ठूला शक्ति हुन्, जापान, चीन र दक्षिण कोरिया । एसियाली खेलकुदमा चीनको आधिकारिक प्रवेश अघिसम्म जापानको एकछत्र राज जस्तै थियो । कोरिया पनि पछि मात्र प्रवेश गरेको हो, यो होडमा । 

अहिले एक प्रकारले सबैभन्दा बढी पदक कसले जित्छ भनेर त्रिकोणात्मक प्रतिस्पर्धा हुन्छ । यी तीन देशबीच अर्थतन्त्रका आधारमा एसियाको सबैभन्दा बलियो देश कुन हो भन्ने होडसमेत चलिरहेको छ । यसैमा खेल क्षेत्र पनि जोडिएको छ । दुई वर्षपछि जापानले फेरि एकपटक ओलम्पिकको आयोजना गर्दैछ र उसको एक मात्र लक्ष्य छ— खेलकुदमा चीन र दक्षिण कोरियालाई उछिन्ने ।

 त्यसैले जापानले त यसपटकको एसियाली खेलकुदलाई ओलम्पिक आयोजनासम्मको प्रारम्भिक यात्रा पनि मानेको छ । यहाँ के पनि निश्चित छ भने जापानको उक्त योजनालाई सजिलै सफल हुन दिने छैनन्, चीन र कोरियाले ।

प्रकाशित :भाद्र १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्