दीपाश्रीको फुर्ती

- साप्ताहिक संवाददाता

भाद्र १३, २०७५

मानिसको स्वभाव थरी–थरीको हुन्छ । कतिपय अरूले गरेको कामको प्रशंसा गरेर अघि बढ्न आफूमा उत्साह थप्छन्, कतिपय अरूको काम राम्रो भए पनि आलोचना गर्छन् भने कतिपयचाहिँ म भने यसलाई यसरी गर्थें भनेर फूर्ति लगाउने स्वभावका हुन्छन् ।

यस्तै, स्वभाव चलचित्र अभिनेता, अभिनेत्री तथा निर्देशकहरूमा पनि पाइन्छ । केही दिनअघि अभिनेत्री निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले चलचित्र कायराको प्रिमियर शो हेरिसकेपछि चलचित्र लामो भएको अभिव्यक्ति दिइन् । 

कायरा २ घण्टा २१ मिनेट लामो थियो । दीपाले आफूले भए उक्त चलचित्रलाई चुस्त दुरुस्त बनाउन २ घण्टामा सिध्याउने बताएकी थिइन् । उनको यही कुरालाई लिएर कतिपयले दीपाश्रीमा कतै घमन्ड बढेको त होइन अथवा उनले फूर्ति त लगाएकी होइनन् भन्ने प्रश्न समेत उठाए ।

दर्शकहरूले पनि चलचित्र ढिलो र लामो भएको गुनासो गर्दै आएका थिए । यद्यपि दीपाश्रीको त्यही अभिव्यक्तिका कारण भनौँ वा अरु नै कारणले कायरालाई १६ मिनेट छोट्याइएको थियो । 

 

प्रकाशित :भाद्र १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्