शेर्पाको दुई नयन सार्वजनिक

- साप्ताहिक संवाददाता

भाद्र १२, २०७५

 

गीतकार लाक्पा डेण्डी शेर्पाको ‘दुई नयन’ सार्वजनिक भएको छ । एल्बम ‘दुई नयन’ को राजधानीमा एक समारोहबीच बरिष्ठ गीतकार डा. कृष्णहरि बराल र संगीतकार शक्ति बल्लभले संयुक्तरुपमा सार्वजनकि गरेका थिए ।

अमेरिकामा बसोबास गर्दै आएका गीतकार शेर्पाको यो पहिलो गीति कोशेली हो । एल्बम सार्वजनिक गर्दै गीतकार डा. बरालले गीतकार शेर्पाका गीतहरु मन छुने प्रकृतिका भएको बताए ।

संगीतकार बल्लभले विदेशमा रहेर पनि नेपाली गीति लेखनमा शेर्पाले देखाएको गीति मोहलाई सकरात्मक रुपमा लिने पर्ने बताए । उनले भने ‘गीतकार शेर्पाले परदेशमा बसेर पनि आफूलाई नेपाली गीतसंगीतमा उभ्याएका छन् । यो समग्र नेपाली गीतसंगीत क्षेत्रका लागि सकारात्मक कुरा हो ।’

गीतकार शेर्पाले आफ्ना दुई छोरीमा समर्पित गर्दै एल्बमको नाम ‘दुई नयन’ जुराएको बताएका छन् । आफ्ना छोरीहरु आँखाको नानीजस्तै भएकाले पहिलो सांगीतिक कोशेलीलाई ‘दुई नयन’ नामांकन गरेको उनको भनाइ थियो ।

एल्बमका गीतमा जगदिश समाल, यशोदा तिमिल्सिना, विष्णु अधिकारी, गणेश पराजुली, यम बराल, डोमा शेर्पा, एपी शेर्पा र मेलिना राईको स्वर रहेको छ भने ओम कर्माचार्य, सन्तोष श्रेष्ठ तथा गणेश पराजुलीको संगीत छ । 

प्रकाशित :भाद्र १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्