Teej banner

वाह ! उस्ताद वा

- साप्ताहिक संवाददाता

भाद्र ११, २०७५

 

१ बाँदरलाइ तह लगाउनु छ भने हातमा केरा र लट्ठी सधैं बोक्नुपर्छ । भाग्न खोजे केरा देखाएर लोभ्याउने, झम्टन खोजे ट्वाक्क टाउकोमा हान्ने ।

 

२ बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु र कांग्रेसलाई साथमा लिएर गणतन्त्र आउँछ भन्ने सपना देख्नु एउटै हो । 

३ काठमाडौमा रिस उठेको बाँदरले रोल्पामा गएर थाङ्ग्रो चिथोर्छ त म के गरौं ?

 

४ यो मानवसाङ्लो होइन, माखेसाङ्लो हो ।

५ भुरुरु धूवाँ छोड्ने डिजेल बस होइन, इलेक्ट्रोनिक बस चलाउँछौं । 

 

६ मौरीको पछि लागे फुलमा पुगिन्छ, झिँगाको पछि लागे आचीमा पुगिन्छ । 

७ रूखबाट दुई–तीनवटा आँप झर्‍यो भने बगैंचा नै रित्तियो भन्छौं, वास्तवमा केही मात्र झरेका हुन्, त्यसले केही फरक पर्दैन । 

 

८ समथरजति सबै तराई हो भन्नेले बिहारतिर गएर यो पनि मेरै राज्य हो भने भैहाल्यो नि † 

९ माका फुइ (बाँदरले फुर्ती लगाउने) : भन्ने त्यस्तै हो । बाँदरले हाँगा हल्लाउँदा रूख हल्लिन्छ, तर रूख भाच्ने सामथ्र्य राख्दैन । 

 

१० झापामै बस्ने जनता चुप छन्, कञ्चनपुरबाट जितेर आएका प्रतिनिधि चुप लागेर बसेका छन् । अन्तैबाट कोही आउँछ र झापा त छाड्दै छाड्दिनँ, कन्चनपुर त छाड्दै छाड्दिनँ भन्छ । 

११ गोलो घोचेर बिच्किएका अरिंगाल होइनन् जनता, जसलाई पायो त्यसलाई चिल्ने । 

 

१२ माओवादी छातेच्याउ मात्र हो, भदौको ठूलो थाप्ला पानीले नै ठेगान लगाउँछ । 

१३ हावा भरिएको बेलुनजस्तो आकार मात्र भएर हँुदैन, तौल पनि चाहिन्छ ।

 

१४ रुक्मांगत नामको छेस्कोले के घोचेको थियो, फ्यास्स हावा खुस्कियो । 

१५ बनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । एमाले पीपलको बिरुवा हो, माओवादी वनमाराको झाडी । पीपल रूख भएपछि वनमारा आफैं खुइलिन्छ । 

 

१६ हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हँुदैन । 

१७ झुसिले झुसिले नै हो, पुतली पुतली नै हो । झुसीलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भनिँदैन ।

 

१८ कसैले झोला किनिदे भने किनिदिन सकिएला, त्यसपछि हात्ती झोलामा हालिदे भने हात्ती पनि किनिदिन सकिएला । लौ अब यो हात्ती झोलामा हालिदे भनेर निहुँ खोज्यो भने के गर्ने ?

१९ सिनेमामा हिरोले हिरोनीलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आसु झार्छे, एक–अर्कालाइ केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन् । जब सिनेमा सकियो, केको लभ पर्नु ? हिरो एकातिर, हिरोइन अर्कातिर ।

 

२० गोरु नाङ्गो हुँदा अहिलेसम्म मलाई लाज लागेको छैन । 

२१ माओवादीलाई सुधार्नु साह्रै अप्ठ्यारो काम रहेछ । औषधी ख्वायो, निल्दैन । एकछिन मुखमा राख्छ, यताउति हेरेर ओकलिहाल्छ । 

 

२२ खहरे आएका बेला ढुंगामुडा सबै बगाउँछन् । खहरेको प्रभावमा परेर गलत निर्णय भयो भने जनताले सच्याउँछन् । यो ‘जन–करेक्सन’ हो ।

२३ जबजलाई कहाँ टीको लगाइदिनुपर्छ, कहाँ गाजल लगाइदिनुपर्छ, कहाँ लिपिस्टिक लगाइदिनुपर्छ भनेर बहस गर्ने कि जबजले भनेअनुसार उग्र वामपन्थी र दक्षिण पन्थीविरुद्ध लड्ने । 

 

२४ संविधान निर्माण छाडेर क्रान्तिका लागि दाह्रा किट्ने बेला यो होइन, दाह्रा किट्दै हिँडे आफ्नै बंगारा खिइन्छ, बंगारा नखियाउनुस् ।

२५ संविधानसभा छाडेर रत्नपार्कबाट संविधान जारी हुन्छ र ? 

 

२६ केको वाईसीएल र युथफोर्सको भिडन्त हुन्छ ? खुकुरी र टाउकोको मुठभेड भन्ने ?

२७ सतीदेवीको अंगप्रत्यंग झरेजस्तो गरेर फतक–फतक झरिराख्या छन्, विभिन्न ठाउँमा कांग्रेसका अंग–प्रत्यंग । 

 

२८ गाउँमा एउटा साँढे थियो, बैंसमा सबैलाई हेप्यो, त्यसलाई बुढेसलकाल भएपछि बाच्छाले पनि हेप्थ्यो, आज कांग्रेस त्यस्तै हालतमा पुग्यो । उसले फू गर्न खोज्छ, बाच्छाले हान्दिन्छ । 

२९ सुन्दरता हेर्न कहाँ जानु नेपालै आउनुपर्छ । गैंडा अमेरिकामा जन्मदैन, युरोपमा जन्मिदैन, अस्ट्रेलियामा जन्मदैन, यही आउनुपर्छ । 

 

३० नारायणीले ढुंगा बगाउँदैन, तर त्यो माथिबाट पानी परेको बेलामा झर्ने खहरेले ढुंगा पनि बगाउँछ । त्यसको कहिलेकाहीं सिजन हुन्छ, पानी पर्‍यो भने कराउन पनि उद्युम कराउँछ ड्याङ ड्याङ र डुङडुङ गरेर ढुंगासुंगा जे पनि पल्टाउँछ, त्यसले माओवादी त्यस्तै भएर आयो, तर खहरे–खहरे नै हो । 

३१ दुर्गा भवानीले अदालतको स्वाधीनताको रक्षा गरून् ।

 

३२ एक माना दूधलाई एक पाथीको भाँडामा हालेर तताउनुहोस्, त्यो उम्लदा भाँडाभरिएजस्तो देखिन्छ, तर यथार्थ एक माना नै हुन्छ । 

३३ माओवादीको नेतृत्वमा सरकार बनाउन साथ दियौं । सल्लाह गरेर काम गर्न सुझाव दियौं । नउफ्र, नढल, नकुद्, जमिन हेर भन्दाभन्दै मानेन । आफ्नै खुट्टामा अल्झेर लड्यो । 

 

३४ जनताले संविधानसभा छाडेर टाउको फुटाउन होइन, संविधान बनाउन, सांसद, मन्त्री हुन र मुलुकलाई समृद्धिको दिशामा लैजान पठाएका हुन्, किन टाउको फुटाउने ?

३५ झुम्रा, कागज र अरू मटेरियल त पहिल्यै थिए, तर ती पहिल्यै थिए भनेर मैले पुतली बनाएँ भन्न मिल्दैन । जसले सबै मटेरियललाई मिलाएर पुतली बनाउन सिकायो, त्यो उसैले बनाएको भन्नुपर्छ ।

 

३६ केटाकेटीलाई रंग भर भनेर दिइएको चित्रजस्तो होइन, जबजको व्याख्या गर्ने तरिका ।

३७ सरकारमा बस्ने एमालेको धर्म होइन । ब्राह्मणले बिहान उठेर तुलसीमा पानी हाल्छ, गायत्री मन्त्र जप्छ, मुसलमान शुक्रबार–शुक्रबार मस्जिद जान्छ, क्रिस्चियन आइतबार चर्चमा जान्छ भनेजस्तो एमाले सत्तामा जान्छ भन्ने पनि हुन्छ ?

 

३८ उपप्रधानमन्त्री धेरै भएर के बिग्रियो ? मन्त्रीका अगाडि एउटा पगरी गुथाइदिएको त हो । सांसद्को भन्दा मन्त्रीको २ हजार बढी तलब हुने त हो ।

३९ केपी ओलीले एउटै कक्षामा दुई पटक पढ्दैन । 

 

४० नोटमा राष्ट्र बैंकले रुपैयाँ भुक्तानी माग्न आएमा तुरुन्त पाइनेछ भनेर लेखेजस्तै मैले १०–२० वर्ष र पछि अघि बोलेका कुराको जिम्मेवारी लिन तयार छु ।

४१ धेरै दाह्रा किट्नेका दाँत भाचिन्छन्, धेरै सिंगौरी खेल्नेको सिङ फुस्किन्छ । 

 

४२ आन्दोलनकारीले पर्खाल भत्काउने भए, किन ट्रेन्डर आव्हान गर्नुपथ्र्यो ।

४३ घोषणापत्र बिहान–बिहान पाठ गरेर हामीले पारि तरौंला भनेको होइन । देश बनाउन घोषणा गर्‍या हो । पारि तर्ने कुरा होइन, यो देश बनाउने कुरा हो । बारी नै बनाउन कुरा हो । परलोकको कुरा गरेको होइन, इहलोकको कुरा गर्न खोज्या हो । 

 

४४ संविधानसभामा वामपन्थीको दुइतिहाइ बहुमत भनेर त्यसै छाती पिट्दै हिँडेर हुन्छ ? आफ्नो खेतमा खडेरी पर्‍या छ । त्यसमाथि त्यहीँ बाँदर पल्क्या छ । काकाको खेतमा धान फल्यो भनेर खुसी हुने ?

४५ छोराले तिघ्रा बढे पनि बाबुलाई अभिभावक होइन भन्न मिल्दैन । माओवादीलाई यहाँसम्म ल्याएको एमालेले हो । उसलाई सुधार्न एमालेले गरेको आलोचनालाई विरोध नसम्झोस् । 

 

४६ कुन आठ, केका आठ, कहिलेका आठ, अंकका आठ कि शब्दका आठ कि केका आठ ?

४७ खेलाडीहरू खेल मैदानमा खेलिराख्या हुन्छन्, छेउपट्टि केटाकेटीहरू सिको 

गरिराख्या हुन्छन् ।

 

४८ विग फाइभ सिक्स भन्ने चलन छ, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीस, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, यी कहिले जन्मिएका हुन् भन्ने त्यही देशलाई थाहा नहुने भो । प्रधामन्त्री कहिले जन्मिएको हो, देशले थाहा नपाउने प्रधान न्यायाधीश कहिले जन्मेको हो ? यो कुनै मल्लयुद्धको विषय हो, कुस्ती खेल्ने विषय हो यो ? के भ’को देश ? 

 

४९ विद्वान् भन्या विद्वानै हुन्छ, डाक्टर भन्या डाक्टरै हुन्छ । तिथिमिति समेत याद छ उहाँलाई— कहाँ–कहाँसम्म पुग्यो, कहाँ रेल ट्रयाकबिना हिँड्यो कहाँ लिकबिना हिड्यो, ड्राइभर को थियो, त्यो विद्वतालाई सलाम छ ।

५० केही मान्छे अनौठा मान्छे, केही मान्छे राम्रो कुरासँग पनि झस्कन्छन् । 

 

५१ श्वास फेर्ने हावामा प्रकृतिले मूल्य लाउँदैन । 

५२ ३ हजार ७ सय कति अचम्म लाग्छ सुन्दा पनि । बालुवाको कुरा गरेको होइन, सुनको । 

 

५३ खान नपाएको भोको कोही पर्दैन, खान नपाएर भोकले कोही मर्दैन । 

५४ सिक्नु र खेल्नु फरक कुरा हो, म टुच्च हान्छु भनेर हुँदैन, अहिले गोल हान्नैपर्छ । 

 

५५ शेरबहादुर देउवा नै नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री हुन भन्न पाइँदैन भनेर भन्दा कांग्रेसले आपत्ति जनाएर पत्र लेखेछ, म ज्योतिषी हुँ र शेरबहादुर सात पटक हुन्छन् भन्न । 

५६ हामीले पानी नपठाएको भए महासागर सुक्थे होलान् । 

 

५७ बाख्राले हरियो घाँस मात्र देख्छ, काट्न तयार पारेको खुकुरी देख्दैन । 

५८ सरकार बनेका दिन दीपावली गरे हुन्छ, मिठाई खाए हुन्छ । सबै ठाउँ मिठाई पुर्‍याउन सकिँदैन, आफैं किनेर खाए हुन्छ । 

 

५९ पैसा जब चल्छ, त्यसले बल्ल फूल पार्ने र चल्ला पार्ने काम गर्छ, हाम्रो नीतिशास्त्रले विद्या जति बाँड्यो त्यति बढ्छ भन्छ, पैसा पनि त्यस्तै हो । 

६० नेकपा एमाले कुनै चिजबाट उत्ताउलिएर, खुसी भएर, केटाकेटीलाई दसैं आएजस्तो आँगनमा निस्केर नाचेजस्तो नाच्ने पार्टी होइन ।

 

६१ डोको बोकेछ कांग्रेसले नाम्लो लगाएछ, पछाडिपट्टि के भारी बोक्यो भन्या त माओवादीकी छोरी । प्रजातन्त्रका लागि माओवादीकी छोरी रे । 

६२ माकुरोको जालोमा झिँगा पर्छ, भैंसी पर्दैन । 

 

६३ यो सरकार पुजारीजस्तो होइन, बिहान उठ्ने, मन्दिर जाने, पूजा गर्ने अनि फेरि भोलि उही रीत दोहोर्‍याउने । 

६४ कसैले श्रीमती भन्छन्, कसैले जहान भन्छन्, कसैले धर्मपत्नी भन्छन्, जस्तो भाषा प्रयोग गरे पनि एकै जनालाई सम्बोधन गरेको हो, त्यसैले नेपालको संविधानबारे पनि भारतले त्यसै गरेको हो । 

 

६५ मैले हावाबाट बिजुली निकाल्ने कुरा गरें, गज्जबको हावादारी कुरा भने ।

प्रकाशित :भाद्र ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्