तमी जाने...भन्दै गाए गायक हिमाल श्रेष्ठ

- साप्ताहिक संवाददाता

भाद्र १०, २०७५

गायक हिमाल श्रेष्ठ आफ्नो नयाँ गीत ‘तिमी जाने...’ को म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । केही समयअघि सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोले दर्शकको मन जितिरहेको छ । उक्त यूगल गीतमा गायक श्रेष्ठलाई गायिका शशि रावलले गायनमा साथ दिएकी छिन् ।

पछिल्लो समय गायनका साथै मोडलिङमा समेत सक्रिय हुँदै आएका गायक श्रेष्ठले तिमी जाने गीतको म्युजिक भिडियोमा समेत आफैंले अभिनय गरेका छन् । अभिनयमा उनलाई मोडल सुस्मिता केसीले साथ दिएकी छिन् भिढियोमा हिमाल र सुस्मिताको जोडी आकर्षक देखिएको छ ।

सुरेश राईको शब्द तथा संगीतको उक्त गीतमा  र्‍यापर बिन श्रेष्ठको संगीत संयोजन छ ।

चलचित्र निर्देशक प्रसन्न पौडेलले उक्त भिडियो निर्देशन गरेका हुन् । भिडियोमा पोखरा तथा वरपरका आकर्षक लोकेशनहरु कैद गरिएका छन् । विदुर पाण्डेद्वारा छायांकन गरिएको उक्त भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

 तिमी जानेको म्युजिक भिडियो :

प्रकाशित :भाद्र १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्