चाप्पेतीकी आमा

- साप्ताहिक संवाददाता

भाद्र १०, २०७५

सामाजिक सञ्जाल फेसबुक, युट्युब, विगो लाइभ नियमित हेर्ने अधिकांशले ‘चाप्पेतीकी आमा’ लाई खोज्न थालेका छन् । लिम्बू भाषामा राखिएको ‘चाप्पेती’ मौलिक एवं शास्त्रीय शब्द हो । नेपाली स्पष्ट बोल्न नजाने पनि लिम्बू टोन मिसाएर विभिन्न सन्दर्भमा ठट्याउली शैलीमा बोल्ने अधवैंसे महिलाका रूपमा देखा पर्ने ‘चाप्पेतीकी आमा’ अरु कोही नभएर बगैंचालाइन, धरान निवासी १९ वर्षीया पुष्पाञ्जली तिलिङ् हुन् । 

तिलिङले फेसबुक चलाउन थालेको पाँच वर्ष भए पनि चाप्पेतीकी आमा बनेर सामाजिक सञ्जालमा औपचारिक रूपमा प्रवेश गरेको भने ६ महिनामात्र भएको छ । घर झगडा, घोष्ट, पदुवाको कम्पिटिसन आदि लघु चलचित्र तथा तीनवटा म्युजिक भिडियोमा देखा परिसकेकी पुष्पाञ्जलीलाई चाप्पेतीकी आमाका रूपमा धेरैले मन पराएका छन् । 

हङकङमा ‘फुलेन्देको बाउ’ बनेर चलचित्र  निर्देशक मौसम इङ्बुङले पुर्वेली लिम्बू भाषा शैलीमा आधा नेपाली मिसाउदै कमेडी गर्दै आएका बेला धरानकी पुष्पाञ्जलीले चाप्पेतीकी आमा बनेर भिडियो निर्माण गर्न थालेकी हुन् । 

प्रकाशित :भाद्र १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्