सल्बलाउँदै टाटु आर्टिष्ट

- साप्ताहिक संवाददाता

भाद्र ९, २०७५

कुनै बेला संस्कारका रूपमा लिइने टाटुले अहिले फेसनको रूप लिइसकेको छ । टाटुमा पनि विविधता आउन थालेपछि अहिले उत्कृष्ट कला सिर्जना गर्ने टाटु आर्टिस्टको काम नै विभिन्न देश घुमिरहने हुन थालेको छ । 

अहिले सेडदेखि थ्रिडीसम्म, मिनिमलदेखि फुल स्लेभसम्मका टाटुको क्रेज बढिरहेको छ । टाटुका एक्स्पोहरूले पनि टाटु प्रेमीहरूलाई नयाँ–नयाँ टाटु कोर्न लोभ्याइरहेका छन् । उत्तरी लन्डनमा हालै सम्पन्न टाटु महोत्सवमा विश्वका ३ सय टाटु आर्टिष्टले भाग लिएका थिए । 

उनीहरूले पछिल्लो समयमा देखा परेका टाटु आर्ट धेरै टाटु क्रेजीको शरीरका विभिन्न भागमा कोरेका थिए । 

प्रकाशित :भाद्र ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्