स्वाद चाख्न लालायित

- साप्ताहिक संवाददाता

भाद्र ९, २०७५

भिजेमा जमिरहेकी अभिनेत्री सन्ध्या केसी हिजोआज अभिनयमा समेत सक्रिय छिन् । भुवन केसीको चलचित्र ड्रिम्समा सानो भूमिकाबाट ठूलो पर्दामा हाम फालेकी सन्ध्या बोल्ड अनि ब्युटिफुल छिन् । सन्ध्या अभिनय पनि ठीकठाकै गर्छिन् । ड्रिम्सबाट खासै नोटिसमा आउन नसके पनि उनले धमाधम चलचित्र पाइरहेकी छिन्, तर सबै कुरा मिल्दामिल्दै पनि भाग्यले साथ नदिएपछि के हुन्छ ? सन्ध्यालाई नै थाहा छ । 

उनले अभिनय गरेको चलचित्र पण्डित बाजेको लौरी पनि खासै चल्न सकेन । अघिल्लो वर्ष प्रदर्शनमा आएको चलचित्र ह्याप्पी न्यू इयर पनि फ्लप भएको थियो । सन्ध्याले अभिनय गरेको अर्को चलचित्र कमलेको बिहे प्रदर्शनको तयारीमा छ । अर्को चलचित्र कथा काठमाडौं पनि चाँडै प्रदर्शनमा आउँदैछ ।

यो चलचित्रमा उनको के–कस्तो भूमिका छ भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन । यद्यपि हिजोआज सन्ध्यालाई लाग्दो हो, सफल चलचित्रको स्वाद कस्तो हुँदो हो ?

प्रकाशित :भाद्र ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्