Teej banner

संकटमा प्रियंका

- एजेन्सी

भाद्र ९, २०७५

‘पाडो लाटो भयो भने दूध खान्छ, कौवा बाठो भयो भने के खान्छ’ भन्ने उखान अहिले वलिउडकी बोल्ड अनि ब्युटी अभिनेत्री प्रियंका चोपडासँग ठ्याक्कै मेल खान्छ । सलमान खानको चलचित्र भारतमा काम गर्ने पक्का भएको केहि हप्तामै खबर आयो, प्रियंकाले उक्त चलचित्र छोडिन् । त्यसपछि चोपडाले हलिउड चलचित्र काउब्वाई निन्जा वाइकिङमा हस्ताक्षर गरिन् ।

 भारत छोडेर हलिउडको ठूलो ब्यानरमा काम गर्ने बताएकी प्रियंकाको हातबाट अहिले उक्त चलचित्र पनि फुत्किएको चर्चा छ । आगामी सेप्टेम्बरमा प्रेमी निकसँग विवाह गर्न लागेकी प्रियंका केही हप्ताअघि मात्र उनले केही वर्षदेखि काम गर्दै आएको अमेरिकी टिभी च्यानलबाट प्रसारण हुने एउटा कार्यक्रमबाट समेत बाहिरिएकी छिन् । आखिर के भैरहेछ प्रियंकाको जीवनमा ?

प्रकाशित :भाद्र ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्