सबैभन्दा ठूला स्टार

- साप्ताहिक संवाददाता

भाद्र ८, २०७५

यसपटकको एसियाली खेलकुदका सबैभन्दा ठूला स्टार खेलाडी हुन्, दक्षिण कोरियाका फुटबलर सन ह्वेङ–मिन । फुटबलका खेल चाँडै सुरु हुने हुँदा उनी इन्डोनेसिया पुगिसकेका छन् । टोटनहमका लागि इंग्लिस प्रिमियर लिग खेल्ने ह्वेङ–मिन लन्डनबाट सिधै जाकार्ता पुगेका थिए । एसिया कप खेल्न नै टोटनहमले उनलाई दुई साता बिदा दिएको छ । आखिर ह्वेङ–मिनले किन एसिया कप खेल्न लागेका हुन् त ? 

दक्षिण कोरियामा अझै पनि २८ वर्ष पुग्नुअघि २१ महिनाको अनिवार्य सैनिक प्रशिक्षण लिनैपर्छ । मिन अहिले २६ वर्षका भए । दक्षिण कोरियाली टिमले पुरुष फुटबलमा स्वर्ण पदक जिते ह्वेङ–मिनले उक्त प्रशिक्षणबाट मुक्ति पाउनेछन् । त्यसकै लागि ह्वेङ–मिन मात्र होइन, टोटनहम पनि उनलाई एसिया कप खेलाउन तयार भएको हो । दक्षिण कोरियाले स्वर्ण जित्न सकेन भने तय छ, उनले फुटबल खेल्न छाडेर २१ महिना सैनिक प्रशिक्षण लिनैपर्नेछ ।

प्रकाशित :भाद्र ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्