Teej banner

डेटकै किचलो

- साप्ताहिक संवाददाता

भाद्र ७, २०७५

हप्ताको तीनवटा चलचित्र जुधेर निर्मातालाई मर्का पर्न थालेपछि ठूला ब्यानरले सोच–विचार गरेर मात्र चलचित्रको प्रदर्शन मिति निर्धारण गर्न थालेका छन् । यति गर्दा पनि चलचित्रको प्रदर्शन मिति जुधेपछि चलचित्र निर्माताहरू सामाजिक सञ्जालमार्फत गुनासोदेखि गालीगलौजसम्ममा उत्रन थालेका छन् । 

दसैंको फूलपाती अथवा घटस्थापनामध्ये एउटा मितिमा प्रदर्शन हुने दुई चलचित्र ‘छक्का पञ्जा–३’ तथा ‘जय भोले’ का निर्माताबीच बोलचाल नै बन्द हुने अवस्था सिर्जना भएको बताइन्छ । दीपकराज गिरी तथा अशोक शर्माबीच चलचित्र नजुधाइ फरक–फरक मितिमा प्रदर्शन गर्न यो विषयमा दर्जनौं पटक वार्ता भैसकेको छ, तर निष्कर्ष ननिस्किएकाले दुवै चलचित्र एउटै मितिमा प्रदर्शन हुने निश्चितजस्तै छ । 

तीजभन्दा ठीक छ दिनअघिको डेट अर्थात भदौ २२ को आफ्नै लफडा छ । पूजा शर्मा तथा सुदर्शन थापाले ‘रामकहानी’ लाई उक्त मितिमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । गोपीकृष्ण मुभिजको चलचित्र ‘रोजी’ सोही मितिमा आउने भएपछि पूजाले विकास बोर्डकी अध्यक्ष तथा गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेललाई फेसबुकमार्फत खुला पत्र नै लेखिन् । 

त्यसभन्दा पनि रमाइलो कुरा के छ भने भदौ २२ को मितिलाई सर्वप्रथम निर्देशक सुव्रत आचार्यले लक गरेका थिए । यद्यपि दुई ठूला ब्यानरबीच किचलो बढेपछि आचार्यले आफ्नो चलचित्र सुश्री सम्पत्तिलाई मंसिर २८ गते पुर्‍याएका छन् । 

प्रकाशित :भाद्र ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्