सिंगो एल्बम नै

- साप्ताहिक संवाददाता

भाद्र ७, २०७५

ठूला खेल महोत्सवका लागि भनेर आधिकारिक गीत निकाल्ने चलन हुन्छ । अहिलेको एसियाड पनि त्यसबाट अलग रहने कुरा भएन । रमाइलो के छ भने इन्डोनेसियामा हुने यसपटकको एसियाडका लागि भनेर सिंगै एल्मब नै जारी गरिएको छ । 

यसरी ठूला खेल महोत्सवका लागि एल्बम नै जारी भएको यो पहिलो अवसर हो । एल्बमको शीर्षक छ, इनर्जी अफ एसिया, अर्थात् एसियाको शक्ति । यसमा १३ वटा गीत छन् र ती सबै गीत कुनै न कुनै रूपमा एसियाली खेलकुदसँग सम्बन्धित छन् । यो एल्बमका गायक–गायिकादेखि संगीत भर्ने सबै इन्डोनेसियन नै हुन् ।

प्रकाशित :भाद्र ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्