आफ्नै मायाको भर नभएपछि

- साप्ताहिक संवाददाता

भाद्र ७, २०७५

पछिल्लो समय चर्चामा रहेका गायक सिडि विजय अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । गायक अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर यसै साता ‘भर छैन तिम्रो माया’बोलको गीत सार्वजनिक गरेका हुन् । 

होम बहादुर घलेले लेखेको उक्त गीतमा अधिकारी आफैले संगीत भरेका छन् । गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् । 

सार्वजनिक गीतको म्यूजिक भिडियो निर्देशन भने गीतकार घलेले गरेका छन् । उत्सव दाहालले खिचेको  भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका छन् । म्यूजिक भिडियोमा मोडल विनु शाक्यसँग सनम कठायतले जोडी बाँधेका छन् । 

भर छैन् तिम्रो मायाको म्यूजिक भिडियो :

 

प्रकाशित :भाद्र ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्