Teej banner

मिष्टर मोडल अफ द वल्र्डमा दिक्पाल

- रोजिन शाक्य

भाद्र ६, २०७५

 

आउँदो अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म म्यानमारको याङगोन शहरमा संचालन हुने मोडलिङ सम्बन्धी पुरुषहरुको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिष्टर मोडल अफ द वल्र्ड २०१८’ मा नेपालका तर्फबाट दिक्पाल कार्कीले सहभागीता जनाउने भएका छन् । ६ फिट अग्ला २९ वर्षिय दिक्पालले प्रतियोगिताको शीर्ष उपाधिका लागि अन्य देशका प्रतियोगीसँग प्रतिस्पर्धा गर्ने छन् । 

दिक्पालको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो सहभागिता हो । यस अघि उनले ‘मिष्टर ग्लोबल २०१६’ तथा ‘मिष्टर ग्राण्ड इन्टरनेसनल २०१७’मा नेपालका तर्फबाट सहभागिता जनाएका थिए । जस अन्तर्गत उनले ‘मिष्टर ग्राण्ड इन्टरनेसनल २०१७’का दुई वटा सब टाइटलमा सफलता प्राप्त गरेका थिए । प्रतियोगितामा दिक्पाल सोसल मिडिया स्टार तथा पिपल्स च्वाइस अवार्डमा विजेता भएका थिए । 

त्यसैगरी ‘मिष्टर ग्लोबल २०१६’मा दिक्पालले उत्कृष्ट दशसम्मको यात्रा तय गरेका थिए । दिक्पाल व्यवसायिक मोडल हुनुका साथै चलचित्र अभिनेता पनि हुन् । सन् २००९ मा मिष्टर काठमाडौंको उपाधि विजेता बनेका दिक्पाल २०१२ को म्यानहन्ट इन्टरनेसनल नेपाल प्रतियोगिताका फस्ट रनर अप बनेका थिए । उनले फेसन कोरियोग्राफरका रुपमा पनि आफ्नो परिचय बनाइसकेका छन् ।  

प्रकाशित :भाद्र ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्