दीलिप र रजनी चुपचाप

- साप्ताहिक संवाददाता

भाद्र ६, २०७५

 

चलचित्र रमिताको गीत सार्वजनिक भएको छ । अभिनेत्री रजनी केसीले अभिनेता दीलिप रायमाझीसँग जोडी बाँधेको यो चलचित्र कुमार केसीले निर्देशन गरेका हुन् ।

‘चुपचाप’बोलको सार्वजनिक गीतमा गायक प्रमोद खरेल र स्मृती शाहीको स्वर रहेको छ । मंसिर १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक गीतमा प्रल्हाद सुवेदीको शब्द तथा एकनारायण भण्डारीको संगीत रहेको छ । 

चलचित्रमा दीलिप र रजनीका साथमा दिपाशा विसी, रिना थापा मगर, संदिप बुर्लाकोटी, विनोद श्रेष्ठ, सुरवीर पंडित लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र ‘रमिता’मा प्रल्हाद सुबेदीको कथा शिवराम श्रेष्ठको छायांकनलाई तारा थापाले सम्पादन गरेका छन् ।

गीतको भिडियो :

प्रकाशित :भाद्र ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्