आर्यन र सृष्टिको रोमान्स

- साप्ताहिक संवाददाता

भाद्र ६, २०७५

चलचित्र बाँध मायालेको शिर्ष गीत सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।  

संगीतकार पोखरेलकै शब्द रहेको सार्वजनिक गीत अञ्जु पन्त र सुगम पोखरेलले गाएका छन् । बाँध मायाले असोज ५ गतेबाट देशव्यापी प्रदर्शनको प्रचारमा छ ।

सविर श्रेष्ठ निर्देशित यो चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङको अभिनय छ ।  किशोर खड्का यहि चलचित्र मार्फत चलचित्रमा डेव्यु गर्दैछन् ।

रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको चलचित्रमा महेन्द्र अधिकारी र केदार धिताल सह–निर्माताको रुपमा रहेका छन् । 

गीतको भिडियो :

 

प्रकाशित :भाद्र ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्