सन्जोक अब कान्तिपुरमा

- साप्ताहिक संवाददाता

भाद्र ६, २०७५

सेलिब्रेटी बन्न चलचित्रमा अभिनय नै गर्नुपर्छ भन्ने छैन, रेडियोमा बोलेर पनि सेलिब्रेटी बन्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्ने रेडियो जक्की (आरजे) हुन्— सन्जोक बस्याल । झन्डै सात वर्ष पोखराको लोकप्रिय बिग एफएममा कार्यक्रम प्रस्तोता तथा कार्यक्रम संयोजकका रूपमा काम गरेका सञ्जोकले रेडियोमा बोलेरै लाखौं प्रसंशक कमाएका छन् । 

बिग एफएममा छँदा उनले सञ्चालन गर्ने कार्यक्रम ककटेल, नाइट किङ, फिल्म डट कम आदिको प्रतीक्षा गर्ने श्रोताहरूको संख्या ठूलै थियो । झट्ट हेर्दा कुनै अभिनेताभन्दा कम नदेखिने आरजे बस्याल यतिबेला रेडियो कान्तिपुरको तरंगमार्फत श्रोतामाझ पुग्न थालेका छन् । 

अघिल्लो बिहीबारदेखि रेडियो कान्तिपुरबाट प्रसारण प्रारम्भ भएको हाजिरी जवाफ शैलीको नयाँ कार्यक्रम ‘को भन्दा को कम’ मार्फत श्रोतामाझ प्रस्तुत भएका बस्यालले कार्यक्रमको पहिलो श्रृंखलामै झन्डै एक हजार एसएमएस प्राप्त गर्नुका साथै २२ जना कलरसँग कुराकानी गरेको अनुभव सुनाए । दोस्रो श्रृंखलादेखि भाग्यमानी श्रोतालाई रेडियो कान्तिपुरको स्टुडियो मै बोलाएर कुराकानी गर्न थालेका बस्याल निकट भविष्यमा नयाँ कार्यक्रममा समेत सुनिने छन् । 

प्रकाशित :भाद्र ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्