Teej banner

सर्वाधिक आम्दानी गर्ने बलिउड चलचित्र

- एजेन्सी

भाद्र ६, २०७५

बलिउड विश्वको दोस्रो ठूलो चलचित्र उद्योगका रूपमा स्थापित भैसकेको छ । केही वर्ष अघिसम्म बलिउडका कुनै पनि चलचित्रले १ सय करोड रुपैयाँ कमाए भने मिडियामा ठूलै समाचार बन्थे । अहिले १ सय करोड रुपैयाँ कमाउनुलाई सामान्य रूपमा लिइन्छ ।

भारतमा पहिलोपटक अमिर खानको चलचित्र पिकेले भारतभित्र ३ सय करोड कमाइ गरेको थियो । त्यसयता अहिलेसम्म आधादर्जन चलचित्र ३ सय करोड क्लबको सूचीमा परेका छन् । अचम्मको कुरा, सलमान खान र आमिर खानका चलचित्र ३ सय करोड क्लबमा भए पनि शाहरूख खान भने यो सूचीमा अझैंसम्म पर्न सकेका छैनन् । 

सञ्जु : २०७५ मा सर्वाधिक आम्दानी गर्ने चलचित्र सन्जुले अहिलेसम्म करिब १ हजार करोड रुपैयाँ आम्दानी गरिसकेको छ । 

टाइगर जिन्दा है : २०१८ मा प्रदर्शनमा आएको चलचित्र टाइगर जिन्दा है ले करिब ९ सय करोड रुपैयाँको कारोबार गरेको थियो । 

पद्मावत : निकै विवादमा परेको चलचित्र पद्मावतले अहिलेसम्म विश्वभरबाट ६ सय करोड रुपैयाँ भन्दा बढीको व्यापार गरेको छ । 

दंगल : यो चलचित्रले झन्डै ६ सय करोड रुपैयाँको व्यापार गरेको थियो । 

पीके : आमिर खानको पीकेले ५ सय करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो । 

बजरंगी भाइजान : सलमान खानको चलचित्र बजरंगी भाइजान पनि करिब ५ सय करोड रुपैयाँ कमाउने चलचित्र हो ।

सुल्तान : सुल्तानले भारतमा ५ सय करोड रुपैयाँ आम्दानी गरेको छ भने विश्वभरबाट ९ सय करोड रुपैयाँभन्दा बढीको आम्दानी गरेको बताइन्छ ।

प्रकाशित :भाद्र ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्