गीतकार बस्नेतको माया प्रिति

- साप्ताहिक संवाददाता

भाद्र ५, २०७५

अमेरिकामा बस्दै आएका गीतकार मणिराज बस्नेतको माया पिरती सार्वजनिक भएको छ । काठमाडौं फर्पिङ्का गीतकार बस्नेत हाल अमेरिकाको कलोरोडो बस्दै आएका छन् । उनको माया पिरती बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । 

सार्वजनिक गीतमा गायक हेमन्त शर्माको स्वर रहेको छ । बिबि अनुरागीको संगीत रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने निकेश खड्काले गरेका छन् । सार्वजनिक गीतको म्यूजिक भिडियो मार्फत पहिलो पटक अभिनेत्री आँचल शर्मा र अभिनेता आकाश श्रेष्ठ जोडीका रुपमा देखा पर्दै छन् । भिडियोमा गायक शर्माले पनि अभिनय गर्न भ्याएका छन् । 

बुद्ध थापाले खिचेको म्यूजिक भिडियो बिकास धमलाले सम्पादन गरेका हुन् । गीतका बस्नेतले गत वर्ष गायक शर्मा तथा संगीतकार अनुरागीसँगै सार्वजनिक गरेको ‘हारे आज’ बोलको गीत निक्कै रुचाइएको थियो । 

माया पिरतीको म्यूजिक भिडियो :

 

प्रकाशित :भाद्र ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्