मरिष्कालाई मरिहत्ते

- साप्ताहिक संवाददाता

भाद्र ५, २०७५

कुनै अविवाहित युवक अथवा युवतीलाई सार्वजनिक समारोहमै तपाईं कुमार/कुमारी (भर्जिन) हुनुहुन्छ कि हुनुहुन्न ? भनेर जिज्ञासा राख्दा कस्तो जवाफ आउला ? अझ ती युवक/युवती कुनै सेलिब्रेटी भए भने झन् कति आपत् पर्ला ? 

यतिबेला अभिनेत्री मरिष्का पोखरेलले यस्तै आपत् झेलिरहेकी छिन् । प्रदर्शनरत चलचित्र ‘मिस्टर भर्जिन’ को युनिट काठमाडौं बाहिर पुग्दा उनलाई सञ्चारकर्मीहरूले यही जिज्ञासा राखेर हैरान बनाइरहेका छन् । मरिष्काले आफ्नो जवाफमा कतै पनि आफू भर्जिन हुँ भनेर दाबी गरेकी छैनन् भने होइन समेत भनेकी छैनन् । 

कूटनीतिक जवाफ दिएर उम्किरहेकी मरिष्का भन्छिन्— यो मेरो नितान्त व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्न हो । म यसको जवाफ दिन चाहन्नँ । मरिष्काको भनाइ छ— यो कुरा जान्ने अधिकार मेरो हुनेवाला श्रीमान्लाई मात्र छ । यो प्रश्नको जवाफ पनि म उनैलाई मात्र दिन्छु । भएन त, टन्टा खलास । अरूलाई के–को खसखस हँ ?

प्रकाशित :भाद्र ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्