पदक जिते मालामाल

- साप्ताहिक संवाददाता

भाद्र ४, २०७५

ओलम्पिकमा धेरै राम्रो गर्न नसके पनि एसियाली खेलकुदमा भने हङकङले राम्रो प्रदर्शन गर्दै आएको छ । हङकङ सरकारले पनि एसियाली खेलकुदलाई ठूलै महत्त्व दिने गरेको छ ।

यसै क्रममा त्यहाँको सरकारले पदक जित्ने खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । कुनै सरकारले आफ्ना पदक विजेता खेलाडीका लागि घोषणा गरेको नगद पुरस्कारको यो रकम अहिलेसम्मकै सबैभन्दा बढी हो । 

साउथ चाइना मर्निङ पोस्टका अनुसार व्यक्तिगत स्वर्ण जित्ने खेलाडीले चार लाख हङकङ डलर पाउनेछन् भने टिमले स्वर्ण जिते, त्यसमा सहभागी खेलाडीले सामूहिक रूपमा ८ लाख हङकङ डलर प्राप्त गर्नेछन् । त्यसबाहेक हङकङ सरकारले आफ्ना खेलाडीका लागि समग्रमा २ करोड हङकङ डलरको ज्याकपट पुरस्कारसमेत घोषणा गरेको छ । 

प्रकाशित :भाद्र ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्