भकारी भान्छा घर सञ्चालनमा

- साप्ताहिक संवाददाता

भाद्र ४, २०७५

काठमाडौंको महाराजगंजस्थित निर्मल निवासको सामुन्नेमा ‘भकारी भान्छा घर एण्ड बार’ संचालनमा आएको छ । भदौ १ गतेबाट बिधिवतरुपमा संचालित उक्त रेस्टुरेन्टमा चर्चित पप गायक संजय श्रेष्ठको पनि लगानी रहेकोछ । रेस्टुरेन्टको सुरुवाती संचालनमा १० प्रतिशत छुटको ब्यबस्था रहेको छ भने हरेक हप्ता शुक्रबार सांगीतिक कार्यक्रम गरिने बताईएको छ । 

 रेस्टुरेन्टको समुद्घाटनको अवसरमा  नेपालमा चर्चित सुप्रसिद्ध गायकहरु हरिश माथेमा, भिम तुलाधर, योगेश्वर अमात्य, जेम्स प्रधान, ज्योति घिमिरे, सुमन श्रेष्ठ, कलाकार निर्मल शर्मा, मिडिया पर्सानालिटी शहेन्द्र श्रेष्ठ, प्रभात रिमाल, निकिता आचार्य लगायत ब्यक्तीहरुको उपस्थित रहेको थियो ।  सो अवसरमा हरिश माथेमा, संजय श्रेष्ठ, रविन महर्जन , भिमसेन लामा लगायतका गायकले प्रस्तुती दिएका थिए । 

भकारी भान्छा घरमा नेपाली खानाको साथै इन्डियन कन्टिनेन्टल खानाहरुको परीकारको साथै अन्तररास्ट्रिय स्तरको कफीको समेत स्वाद लिन सकिनेछ । हरेक महिनाको अन्तिम शुक्रबार नेपालका चर्चित ब्यान्डको प्रस्तुती समेत रहने रेस्टुरेन्ट संचालक एवम गायक संजय श्रेष्ठले बताएका छन । 

 

प्रकाशित :भाद्र ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्