Teej banner

गर्भवतीलाई लिलो

- साप्ताहिक संवाददाता

भाद्र ४, २०७५

गर्भवती महिलाहरूलाई पौडी पोखरीमा लामो समय बिताउनु झन्झटिलो लाग्छ । यद्यपि पौडी पोखरीमा तैरिने लिलोमा बसेर घण्टौं आराम गर्नुको मज्जा बेग्लै हुन्छ । गर्भवती महिलाहरूचाहिँ पानी तैरिने लिलोमा बस्न सक्दैनन् । 

यही अप्ठ्यारोलाई बुझेर पिनट एपले एउटा जुक्ति निकालेको छ । पिनटले गर्भवती महिलाहरूलाई लक्षित गरेर तयार पारेको पिनट लिलो उपयोगी देखिएको गर्भवती महिलाहरूले बताएका छन् । 

पिनटको लिलोको बीचको भागमा प्वाल पारिएको छ । उक्त प्वालमा गर्भवती महिलाले आफ्नो पेट छिराउन सक्छन् । यसरी पेटलाई आराम दिएपछि उनीहरू पानीमाथि तैरिएर घण्टौं आराम गर्न सक्छन् । केही वर्षअघि ठूलो स्तन भएका महिलाहरूलाई सुत्न सजिलो हुने खालको लिलो निर्माण गरिएको थियो । 

प्रकाशित :भाद्र ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्