कुरा बुझ्नु भो त

- संकलक : जीवन भट्टराई

भाद्र ४, २०७५

 

 

 

खडानन्दले आफ्नो सानो कुकुरलाई उपचारका लागि केनल क्लब पुर्‍याए ।

डाक्टर : नाम के हो ?

खडानन्द : खडानन्द शर्मा ।

डाक्टर : के भएको छ ?

खडानन्द : पुच्छर सुन्निएको छ लुतोसमेत आएको छ ।

ooooooo

खडानन्द छोरालाई गाली गर्दै थिए ।

खडानन्द : यत्रो भैसक्यो, एउटा काम ढङ्गले गर्न जान्दैन । कुकुर देख्या छस् तैंले ?

छोरा : अँ, देख्या छु 

खडानन्द : हो, त्यस्तै छ तेरो अनुहार ।

छोरा : अँ, मम्मी पनि हिजो भन्दै हुनुहुन्थ्यो, तेरो अनुहार ठ्याक्कै तपाईंसँग मिल्छ भनेर ।

ooooooo

खडानन्दकी पत्नी बिरामी थिइन् ।

खडानन्द : तिम्लाई कतै केही भैहाल्यो भने त म त पागलै हुन्छु नि !

पत्नी (बिस्तारै) : कतै दोस्रो बिहे त गर्दैनौ नि ?

खडानन्द : पागलको के भरोसा, जे पनि गर्न सक्छ नि ।

ooooooo

खडानन्द र पत्नी बिहेमा 

जान लाग्दै ।

पत्नी : अनि बूढा, खाममा चाहिँ कति पैसा हाल्ने नि ?

खडानन्द : चुप लाग न, उता गएर खाना कस्तो छ हेरेपछि निर्णय गर्ने हो ।

ooooooo

खडानन्द अन्तवार्ताका लागि भित्र छिरे ।

अन्तर्वार्ता : तपाईंको नाम के हो ?

खडानन्द : चिरञ्जीवीलाल शर्मा ।

अन्तर्वार्ता : अनि फर्ममा त खडानन्द लेख्या छ त ?

खडानन्द : फर्ममै लेख्या छ भने किन सोध्नुभा’को त ? भुसको खोपडी छ कि क्या हो तपाईंको ????ooooooo

खडानन्द र हरिबोल ।

खडानन्द : ‘हग डे’ भन्ने पर्व विदेशबाट आयातित नभै, परापूर्वकालदेखि चलिआएको हाम्रै प्राकृतिक एवं सास्कृतिक पर्व हो ।

हरिबोल : के भन्छ, कसरी?

खडानन्द : किनभने यसलाई हामीले अनादिकालदेखि प्राय: हरेक दिन बिहान–बेलुका मनाइँदै आएका छौं ।

ooooooo

खडानन्द र हरिबोलबीच फोनबार्ता ।

खडानन्द : हरि, तैंले दुई वर्षअघि मसँग ऋण लिएको कुरा भुलिस् कि क्या हो ?

हरिबोल : हैट्, त्यस्तो कुरो नगर न यार खडु, त्यो कुरा मैले भुल्या भए म तँलाई देख्नेबित्तिकै भाग्थें त ?????

ooooooo

खडानन्द र हरिबोल ।

खडानन्द : हैन हौ, यी विवाहित मानिसहरू आफ्नी पत्नीसँग किन यति साह्रो डराउँछन् हँ ?

हरिबोल : किन ? तँ डराउँदैनस् र ?

खडानन्द : अहँ, म त डराउँदिनँ, आज त सिधै भन्दिएको मैले, जाडोमा बिहान–बिहान म भाँडा माझ्दिनँ, दिउँसो घाम लागेपछि मात्र माझ्छु भनेर ।

ooooooo

खडानन्द कक्षामा पढाउँदै ।

खडानन्द : लु भन त, धेरै सुन्दर केटीलाई अंग्रेजीमा के भनिन्छ ?

बिर्खे : ‘आई लभ यू’ भनिन्छ सर !

खडानन्द झोक्राएर बसिरहेका थिए । हरिबोल आइपुगे ।

हरिबोल : के भयो यार ?

खडानन्द : बर्बाद भयो यार, म बाउ बन्नेवाला छु ।

हरिबोल : के–को बरबाद ? यो त झन् खुसीको कुरा हो नि ।

खडानन्द : हो यार हुन त, तर मेरी पत्नीलाई थाहै छैन, थाहा भयो भने मार्छे नि !

ooooooo

१ हजारको चेक साट्न खडानन्द बैंक पुगे अनि क्यासियरलाई चेक दिए ।

क्यासियर : हाम्रो बैंकले आफ्नै खाले नयाँ नियम बनाएको छ हजुर, ५ हजारभन्दा कमको चेक साट्दा १० रुपैयाँ सेवाशुल्क लिने 

गर्‍या छ ।

खडानन्द : खै, त्यो चेक मलाई देऊ त बाबु !

खडानन्दले १ हजारको चेक फिर्ता लिएर ६ हजारको चेक काटे र क्यासियरलाई दिए । क्यासियरले खातापाता चेक गरेर खडानन्दलाई ६ हजार दिए, खडानन्दले १ हजार गोजिमा हाले अनि हजार क्यासियरलाई नै दिँदै भनें ।

खडानन्द : ल बाबु, यो ५ हजार मेरै खातामा जम्मा गर्देऊ त । तिम्रो बैंकको आफ्नै नियम बनाउने यो जुन हाकिम छ, त्यसलाई बीबीएस थर्ड इयरमा मैले नै ट्युसन पढा’को बाबु !

ooooooo

खडानन्द एकजना नामुद बाबाकहाँ गए ।

खडानन्द : इन्जिनियरिङ गर्‍या छु बाबा, तर कतै जागिर मिलेन, कुनै उपाय छ ?

बाबा : कुन विषयमा हो बालक ?

खडानन्द : कम्प्युटर हो बाबा ?

बाबा : ए, मेरोचाहिं इलेक्ट्रोनिक इन्जिनियरिङ हो बालक ।

ooooooo

अंग्रेजी बोर्डिङ स्कुल पढ्ने खडानन्दकी छोरी तरकारी किन्न बजार गइन् ।

खडु पुत्री : दाइ, यो बन्दा किलोको कसरी हो ?

सब्जी पसले : सत्ताइस रुपैयाँ किलो नानी ।

खडु पुत्री : महँगो भयो ।

(घर आएर)

खडु पुत्री : बुबा, सत्ताइस रुपैयाँ भनेको कति हो ?

ooooooo

खडानन्द र ठूलो छोरा ।

छोरा : बुबा, म डेन्टिस्ट बन्न चाहन्छु 

खडानन्द : हे, हे, हे, हे, केचाहिं हल्लाउँछस् हौ, तैंले डेन्टिस्ट भएर ?

छोरा : दाँत ।

प्रकाशित :भाद्र ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्