Teej banner

सन्तोष कालिकोटेको गीतमा वाइल्ड रिपर्स

- साप्ताहिक संवाददाता

भाद्र ३, २०७५

गायक सन्तोष कालीकोटेको स्वरको नयाँ गीत ‘जालैमा जालैमा...’ को म्युजिक भिडियो बुधवार साँझ सार्वजनिक भएको छ ।

डम्बर हिङमाङको शब्द तथा संगीतको उक्त गीतको म्युजिक भिडियोमा भारतमा समेत लोकप्रिय रहेको नेपाली नृत्य कलाकारहरुको समुह ‘वाइल्ड रिपर्स क्रू’ लाई फिचर गरिएको छ । वाइल्ड रिपर्स ग्रुपसंगै म्युजिक भिडियोमा मोडल रिता कट्टेललाई पनि फिचर गरिएको छ ।

गोपाल रसाइलीद्वारा संगीत संयोजन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई हाइटलाइट्स नेपालको च्यानलमार्फत अपलोड गरिएको हो ।

अर्जुन अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

जालैमाको म्युजिक भिडियो :

प्रकाशित :भाद्र ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्