नीता फेरि प्रेममा !

- साप्ताहिक संवाददाता

भाद्र ३, २०७५

अभिनेत्री नीता ढुंगाना अहिले सिंगल छिन् । आमेश भण्डारीसँग ब्रेकअप भएपछि उनले प्रेमको चक्करबाट टाढै रहने कुरा बताउँदै आएकी थिइन् । नीताले मनले खाएको पुरुष फेला पार्न गार्‍है छ भन्दै आएकी छिन् ।

 यद्यपि नीताको फेसबुक स्टाटस तथा तस्बिर हेर्ने हो भने उनी फेरि प्रेममा छिन् भन्न हिचकिचाउनु पर्दैन । हालसालै उनले एउटा प्रेमिल स्टाटस पोस्ट गरेकी छिन्, जसले यो शंकालाई बलियो बनाउने काम गरेको छ । ‘हामीले भेट्ने कथा मैले लेखेकी छु, भेटेर पूरा तिमी गर्नु । सँगै हिँड्ने गोरेटो मैले खनेको छु, हिँडेर पूरा तिमी गर्नु ।’ 

नीताले लेखेका यी हरफ अझ बढी रोमान्टिक छन्— ‘सँगै जीवन जिउने सपना मैले देखेकी छु, जिएर पूरा तिमी गर्नु । एक साँझ रंगीन बनाउन नशा मैले लिएकी छु, पिएर पूरा तिमी गर्नु ।’ नीताले स्टाटससहित राखेको तस्बिरमा लभको इमोजी पनि छ । आमेषसँग टाढा भएपछि एकल जीवन बिताइरहेकी नीताको साथमा नशा पिएर रंगीन साँझ बिताउने मान्छे फेला परेकै हो कि खोजी अझै जारी छ ? त्यो त नीतालाई नै थाहा होला । 

प्रकाशित :भाद्र ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्