Teej banner

मिस्टर भर्जिन

- साप्ताहिक संवाददाता

भाद्र १, २०७५

आज शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र मिस्टर भर्जिन यौन मनोविज्ञानमा आधारित छ । यो चलचित्र निर्माण टिमले देशका विभिन्न सहरमा प्रमोशन टुरसमेत सम्पन्न गरिसकेको छ । निर्देशक बस्नेतका अनुसार यो चलचित्रमा युवापुस्ताको अवस्थालाई गहिरो रूपमा चित्रण गरिएको छ । वल्र्डवाइड फिल्म्स डिस्ट्रिब्युसनको ब्यानरमा निर्माण भएको चलचित्र मिस्टर भर्जिनको कथा महेश दवाडीले लेखेका हुन् । रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर तथा दीपकयाम सिंहको कोरियोग्राफीको यो चलचित्रलाई मिलन डी. काप्रीले सम्पादन गरेका हुन । 

निर्देशक : विशारद बस्नेत

कलाकार : गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोखरेल, रवीन्द्र झा आदि ।

 

प्रकाशित :भाद्र १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्