आफैं मेकअप गर्ने अभिनेत्री

- साप्ताहिक संवाददाता

भाद्र १, २०७५

हटकेक अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय मात्र होइन, सुन्दरताको प्रशंसा गर्नेहरू पनि प्रशस्तै छन् । ड्रिम्स, ए मेरो हजुर–२, तिमीसँग आदि चलचित्रमा अभिनय गरी दर्शकको मन जितेकी साम्राज्ञी अहिलेकी व्यस्त अभिनेत्रीसमेत हुन् । अब साम्राज्ञीको चलचित्रको कुरा यतै राखेर उनको मेकअपसम्बन्धी रुचिको कुरा गरौं । 

हरेक कलाकारका लागि चलचित्र होस् वा फोटोसुट मेकअप आर्टिस्ट नभै हुँदैन, तर साम्राज्ञी भने मेकअप आर्टिस्टबिनै काम गर्छिन् । नेपालमा नाम चलेका मेकअप आर्टिस्टको कामले समेत साम्राज्ञीको चित्त बुझाउन सक्दैन । 

आखिर किन साम्राज्ञी आफ्नो मेकअप आफैं गर्छिन् ? यो कुराको रहस्य साम्राज्ञीले हालै साप्ताहिकसँग खोलेकी छिन् । उनले भनेकी छिन्, ‘म प्राय: आफ्नो मेकअप आफैं गर्छु, अरूले गरेको मेकअप मलाई चित्त बुझ्दैन ।’ कहिलेकाहीं बाध्यतावश अरूले मेकअप गरिदिए पनि आफूलाई चित्त बुझ्ने मेकअपका लागि आफैं तात्नुपर्ने बताउने साम्राज्ञीले चित्त बुझाउने मेकअप आर्टिस्ट कहिले फेला पार्ने हुन् खै ? 

प्रकाशित :भाद्र १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्