यस्तो पो ट्रान्सफर्मेसन

- साप्ताहिक संवाददाता

भाद्र १, २०७५

तस्बिरमा देखिएका तस्बिर हेरेर तपार्इंले के कल्पना गर्नुभयो ? पक्कै पनि यी तस्बिर दुई फरक युवतीको हो जस्तो लाग्यो होला, तर होइन । यो तस्बिर एउटै युवतीको हो । अब तपाईंले यी युवतीले पक्कै पनि प्लास्टिक सर्जरी गरिन् भन्नुहोला । त्यसो पनि होइन । उनले आफैंले मेकअप गरेर आफूमा यस्तो परिवर्तन ल्याएकी हुन् । 

चीनकी क्वि हुवाहुवाले आफैंले मेकअप गरेर ल्याएको यो ट्रान्सफर्मेसनको भिडियो फेसबुकको नाइन ग्यांगले अपलोड गरेपछि भाइरल भएको थियो । भिडियोमा उनी ऐना हेर्दै विभिन्न क्रिमदेखि आईस्याडो, लिपस्टिक आदिसम्म प्रयोग गरिरहेकी देखिन्छिन् । मेकअप मार्फत रूप परिवर्तन गरेपछि उनले आफैंले गरेको मेकअप पुछेर पहिलेकै अवस्थामा आएको समेत देखाइएको छ । 

केही नयाँ गर्नेहरूलाई सामाजिक सञ्जालमा भाइरल हुन कुनै समय लाग्दैन । क्विले मेकअप गरेको उक्त भिडियोमा १७ हजार कमेन्ट आएको छ भने यो २० हजार पटक सेयर भैसकेको छ । यसमा ३५ हजार रियाक्सन आउनुका साथै ३८ लाख पटक हेरिसकिएको छ ।

प्रकाशित :भाद्र १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्