Teej banner

हट फोटोसुटमा केटलिन

- साप्ताहिक संवाददाता

श्रावण ३१, २०७५

बडी बिल्डर पति पीजे ब्राउनसँग सम्बन्ध–विच्छेद भएको एक वर्षपश्चात् रेसलर क्याटलिनले फेरि आफ्नो लयमा फर्कने जमर्को गरेकी छिन् । यसका लागि उनले नयाँ फोटोसुट गराउँदै आफ्ना हट तस्बिर सार्वजनिक गरेकी छिन् । क्याटलिन यही महिना हुने डब्लुडब्लुईको इभेन्ट मेय योङ क्लासिकमा सहभागी हुने भएकी छिन् । 

बितेको एक वर्ष क्याटलिनका लागि निकै दुखद रह्यो । पहिले उनको अन्तरङ तस्बिर तथा भिडियो लिक भएको थियो । श्रीमान्सँग सम्बन्ध विच्छेद भएपछि उनको जीवनले अर्कै मोड लियो । ३१ वर्षीया क्याटलिनको खास नाम सेलेस्ट बोनिन हो र उनी अमेरिकाको फ्लोरिडामा जन्मिएकी थिइन् । 

१९ वर्षको उमेरमा बडी बिल्डिङ प्रारम्भ गरेकी क्याटलिनले आर्नोल्ड क्लासिकमा राम्रो प्रदर्शन गरे पछि डब्लुडब्लुई तर्फ ध्यान मोडेकी थिइन् । सन् २०१४ मा उनी डब्लुडब्लुई छोडेर फिटनेस मोडलिङमा लागेकी थिइन् । अब ४ वर्षपश्चात् उनी फेरि डब्लुडब्लुईको रिङमा उत्रने प्रयास गर्दैछिन् ।

प्रकाशित :श्रावण ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्