Teej banner

मन फर्कियो भूपू मायामा

- एजेन्सी

श्रावण ३१, २०७५

‘एक सुन्दर और सुशील लड्की, जिसका नाम है— कैटरिना कैफ !’ जब सलमान खानले आफ्नो फेसवुकमा कैटरिना कैफको तस्बिरसहित यी शब्द पोस्ट गरे त्यसमा, ‘४ हजार ६ सय २० वटा कमेन्ट प्राप्त भए, जसमा धेरैले भनेका छन् सलमानले कैटरिनालाई फेरी आफ्नो क्याम्पमा लिएका छन्, यो त्यसकै संकेत हो ।’ यो कुरा यथार्थ हो कि होइन त्यो सलमान वा कैटरिनालाई नै थाहा होला । 

यद्यपि सलमानको यो पोस्टले पछिल्लो समय बलिउडका यी दुई पूर्व प्रेमिप्रमिका फेरि नजिकिँदै गएको अनुमान गर्न गार्‍हो पर्दैन । प्रियका चोपडाले सलमानको निर्माणाधीन चलचित्र भारत छोडेपछि कैटरिनालाई स्वागत गर्दै सलमानले मायाको उक्त रङ फेसबुकमार्फत छरेका हुन् । केही समयअघि सलमान–कैटरिना अभिनित रेस–३ ले राम्रो व्यापार गरेको थियो । 

पछिल्ला वर्षमा सलमान र कैटरिनाका सम्बन्धमा बलिउडमा थुप्रै टीका–टिप्पणी हुने गरेको छ । धेरैले उनीहरू थप नजिकिँदै गएको बताउन थालेका छन् । एउटा नेपाली गीत छ— पीपल छायाँमा फेरि मन फर्कियो भूपू मायामा कहीं सलमानको मन भूपू मायामा फर्किएको त होइन ?

प्रकाशित :श्रावण ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्